काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी ३० रुपैयाँले सस्तो भएको छ।
आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन ३ लाख १ हजार ३०० रुपैयाँ र चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औँस ४ हजार ७५५ अमेरिकी डलर र चाँदी ७७ डलरमा कारोबार भइरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया