शीर्षकहरू

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि थप, माग न्यून भएपछि निर्णय

बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि थप, माग न्यून भएपछि निर्णय

काठमाडौं ।बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले चैत २२ देखि खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले १:१ अनुपातमा ४० लाख कित्ता (४० करोड रुपैयाँ बराबर) हकप्रद शेयर निष्काशन गरेको हो।

यसका लागि फागुन १ गते बुकक्लोज गरिएको थियो, जस अनुसार माघ २९ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन्। सुरुमा बैशाख १३ सम्मको समय तोकिएकोमा हालसम्म मागभन्दा कम (करिब १४.५० लाख कित्ता) आवेदन परेपछि अवधि थपिएको हो। कम्पनीलाई इन्फोमेरिक्सले IRN BB रेटिङ दिएको छ, जसले मध्यम जोखिम देखाउँछ। हकप्रद शेयर बिक्री प्रबन्धक NIC Asia Capital Limited रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रदपछि ८० करोड रुपैयाँ पुग्नेछ। उठेको रकम बैंक ऋण आंशिक भुक्तानीमा प्रयोग गरिनेछ, जसले करिब ९६.९० करोड रुपैयाँ रहेको ऋण घटेर करिब ५६.९० करोड रुपैयाँमा झर्नेछ।

प्रतिक्रिया