शीर्षकहरू

झिनो सुधारसहित नेप्से बन्द, कारोबार ५ अर्बमा खुम्चियो

झिनो सुधारसहित नेप्से बन्द, कारोबार ५ अर्बमा खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको हो, जुन लगातार चार दिनको   गिरावटपछि आएको झिनो सुधार हो।

यस दिन कुल ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर ७५ हजार २२९ पटक किनबेच भएका छन्।

बजारमा मिश्रित प्रवृत्ति देखिएको छ। ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन्।

उपसमूहतर्फ वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन र व्यापार समूहमा सामान्य वृद्धि देखिएको छ। समग्रमा बजारमा केही सुधार देखिए पनि लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन बाँकी रहेको संकेत देखिएको छ।

शुक्रबार पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। यी कम्पनीका लगानीकर्ताले उल्लेख्य आम्दानी गरेका छन् भने घट्ने कम्पनीहरूको मूल्य अधिकतम ३.५ प्रतिशतसम्म मात्र झरेको देखिन्छ।

कारोबार रकमका आधारमा रिडी पावर अगाडि रहेको छ, जसको करिब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स र नेशनल हाइड्रोपावरमा करिब २४-२४ करोड, सोलु हाइड्रोपावरमा २३ करोड र आँखुखोला जलविद्युतमा करिब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

null

 

प्रतिक्रिया