शीर्षकहरू

ओम र कान्तिपुर डेन्टलसँग गरिमा विकास बैंकको सम्झौता, ग्राहकलाई १०–१५% छुट सुविधा

ओम र कान्तिपुर डेन्टलसँग गरिमा विकास बैंकको सम्झौता, ग्राहकलाई १०–१५% छुट सुविधा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलमा विशेष छुट सुविधा पाउने भएका छन् ।

बैंक र सम्बन्धित स्वास्थ्य संस्थाबीच भएको सम्झौताअनुसार, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । त्यस्तै, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार सेवामा १५ प्रतिशतसम्म छुट सुविधा दिइने व्यवस्था गरिएको छ ।

सम्झौतापछि गरिमा विकास बैंकका ग्राहकहरूले काठमाडौँ उपत्यकाभित्रका प्रमुख स्थानहरू बानेश्वर, सुन्धारा, सातदोबाटो, बालाजु, पाखरी, नारायणगढ र बुटवल शाखामार्फत समेत सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र कार्ड सेवामार्फत बिल भुक्तानी गर्दा पनि यी छुट सुविधाहरू सहज रूपमा उपयोग गर्न सकिने जनाएको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा, ५१ एटिएम र डिजिटल बैंकिङमार्फत करिब ९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले यस्ता सहकार्यहरूबाट ग्राहकलाई गुणस्तरीय र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।

प्रतिक्रिया