शीर्षकहरू

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिमार्फत मोबाइल सेवा विस्तार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिमार्फत मोबाइल सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न दुर्गम तथा विकट भू–भागमा स्याटेलाइट प्रविधिमा आधारित मोबाइल तथा डेटा सेवा विस्तार गरिरहेको छ।

कम्पनीले जीएसएम मोबाइल, टेलिफोन तथा डेटा सेवामा स्याटेलाइट प्रविधिको प्रयोग गर्दै टुजी तथा अन्य सेवा पहुँच नभएका क्षेत्रमा समेत सञ्चार सेवा पुर्‍याउने कार्य अघि बढाएको हो।

हाल चालु आर्थिक वर्षमा डोल्पा, हुम्ला, मुगु, जुम्ला, बाजुरा, रुकुम, दार्चुला लगायतका दुर्गम जिल्लाका विभिन्न स्थानमा नयाँ मोबाइल साइट विस्तार गरिएको छ। यीमध्ये अधिकांश स्थान भौगोलिक रूपमा अत्यन्त कठिन र सञ्चार सेवाबाट वञ्चित क्षेत्र हुन्।

नेपाल टेलिकमले हाल देशभर करिब ३८ भन्दा बढी दुर्गम स्थानमा स्याटेलाइट प्रविधि प्रयोग गरी सेवा सञ्चालन गरिरहेको जनाएको छ। यसले विशेषगरी पहाडी र हिमाली जिल्लाका बासिन्दालाई आधारभूत सञ्चार सेवामा सहज पहुँच दिलाएको छ।

कम्पनीका अनुसार स्याटेलाइट, फाइबर अप्टिक र अन्डरग्राउन्ड नेटवर्क विस्तारमार्फत सेवा गुणस्तर सुधार तथा नेटवर्क कभरेज विस्तार गर्ने कार्य भइरहेको छ।

दुर्गम क्षेत्रमा सञ्चार पहुँच बढाउन टेलिकमले सोलार प्रणाली, उच्च क्षमता राउटर तथा आधुनिक माइक्रोवेभ लिंक समेत प्रयोगमा ल्याएको छ।

नेपाल टेलिकमले आगामी दिनमा थप दुर्गम बस्तीहरूमा समेत सेवा विस्तार गर्दै डिजिटल पहुँचलाई देशव्यापी बनाउने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो परियोजनाले ‘डिजिटल नेपाल’ अवधारणालाई व्यवहारिक रूपमा अघि बढाउन महत्वपूर्ण योगदान गर्नेछ।

null

प्रतिक्रिया