शीर्षकहरू

काठमाडौं मेरियट होटलको ७ वर्षे यात्रा: लक्जरीसँगै संस्कृति र समुदायमा आधारित उत्सव

काठमाडौं मेरियट होटलको ७ वर्षे यात्रा: लक्जरीसँगै संस्कृति र समुदायमा आधारित उत्सव

काठमाडौं । काठमाडौं मेरियट होटलले आफ्नो स्थापनाको सातौं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। अप्रिल २८, २०२६ मा सम्पन्न कार्यक्रममा होटलले नेपालमा आतिथ्यता, समुदाय र संस्कृतिसँग जोडिएको आफ्नो सात वर्षे यात्रालाई स्मरण गरेको हो।

नेपाललाई विश्वस्तरीय हस्पिटालिटी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित सुरु भएको होटलको यात्रा अहिले व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व र दिगोपनासँग पनि जोडिएको व्यवस्थापनले जनाएको छ।

होटलका संचालक गौरव अग्रवालले सुरुका दिन सम्झिँदै नेपाल, यहाँको संस्कृति र प्राकृतिक सौन्दर्य विश्वस्तरीय आतिथ्य सेवाका लागि योग्य रहेको विश्वासकै आधारमा परियोजना अघि बढाइएको बताएका छन्।

त्यस्तै महाप्रबन्धक शंकुष महाजनले लक्जरी सेवा अब जिम्मेवारीसँग पनि जोडिएको उल्लेख गर्दै ऊर्जा दक्षता र दिगो स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। होटल एलईईडी गोल्ड सर्टिफाइड रहेको पनि कार्यक्रममा उल्लेख गरियो।

वार्षिकोत्सव कार्यक्रममा पर्वतारोही तथा गिनिज वर्ल्ड रेकर्डधारी मिंग्मा डेभिड शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा होटलसँग आबद्ध साझेदार, ग्राहक तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समारोहमा दिगोपनाको सन्देशस्वरूप पाहुनालाई बिरुवा उपहार दिइएको थियो भने कलाकार कृष्ण लामाका कलाकृतिहरू पनि प्रदर्शन गरिएको थियो। ती कलाकृतिको बिक्रीबाट प्राप्त रकमको एक हिस्सा सामाजिक संस्था प्रिजनर्स असिस्टेन्स नेपाललाई सहयोग गरिने बताइएको छ।

२०१९ मा मेरियट इन्टरनेशनलको विश्वव्यापी नेटवर्कअन्तर्गत स्थापना भएको यो होटलले काठमाडौंमा लक्जरी आतिथ्यको नयाँ पहिचान बनाएको छ। व्यवस्थापनका अनुसार होटलले अन्तर्राष्ट्रिय सेवा मापदण्डसँगै स्थानीय संस्कृति र समुदायलाई जोड्ने अभ्यासलाई निरन्तरता दिनेछ।

null

प्रतिक्रिया