काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोडावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की र पम्प सहयोग गरेको छ।
विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित बैंकले पानी फिल्टरसहितको ट्याङ्की र पम्प हस्तान्तरण गरेको हो। बैंकका अनुसार यस सहयोगले विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एक कार्यक्रमबीच एनआईसी एशिया बैंकका क्षेत्रीय प्रमुख दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लक्षित सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समुदायस्तरमा योगदान पुर्याउँदै आएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया