काठमाडौँ । सरकारी कागजात र हस्ताक्षर किर्ते गरी छोकडा आयात गर्न खोजेको आरोपमा प्रहरीले सिम्विन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नवीन कुमार अग्रवाललाई पक्राउ गरेको छ।
नेपाल सरकारले छोकडा पैठारीमा पूर्ण बन्देज लगाएको अवस्थामा अग्रवालले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयातको किर्ते अनुमति पत्र तयार गरेका थिए।
उक्त नक्कली पत्र वीरगन्ज भन्सार कार्यालयमा पेश गरेको पाइएपछि ५५ वर्षीय अग्रवाललाई २०८३ वैशाख १७ गते पर्साको आदर्श नगरबाट पक्राउ गरिएको हो। मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी ब्यूरोले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया