काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ।
वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस (डीएलएस) मेथडका आधारमा यूएईले ३८ ओभरमा २५५ रनको संशोधित लक्ष्य पाएको थियो। जवाफमा यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो र पराजित भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीको शतक र बलिङतर्फ सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन निर्णायक बनेको हो। दीपेन्द्रले शानदार शतकीय इनिङ्स खेल्दै नेपाललाई बलियो योगफलतर्फ डोर्याएका थिए।
नेपालले यसअघि पनि यूएईलाई सिरिजको पहिलो खेलमा ३७ रनले हराएको थियो। यो जितसँगै नेपालले जारी सिरिजमा ४ अंक जोड्दै दोस्रो सफलता हासिल गरेको छ।
यसअघि बुधबार वर्षाले प्रभावित खेलमा नेपाल ओमानसँग डीएलएस मेथडका आधारमा १०२ रनले पराजित भएको थियो। शुक्रबारको जितसँगै नेपालले लिग–२ मा आफ्नो प्रदर्शन सुधार्दै महत्वपूर्ण अंक जोड्न सफल भएको छ।

आर्थिकन्यूज
प्रतिक्रिया