काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन। भखरै अर्थमन्त्रालयमा आफ्नो राजीनामा बुझाएर बाहिरीएको अर्थमन्त्रालयले जनाएको छ । शुक्रबार साँझ करिब साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठले राजीनामा दिने तयारी रहेको बताएका थिए ।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।
दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा अध्यक्ष श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुरोधअनुसार उनले राजीनामा दिने निर्णय गरेका हुन्।
श्रेष्ठले राजीनामा दिनुको कारण नयाँ सरकारलाई सहयोग गर्ने रहेको स्पष्ट पारेका छन्। हाल सरकार परिवर्तनसँगै विभिन्न नियामक निकायका प्रमुखहरूले पद त्याग गर्ने क्रम चलिरहेको छ। सेबोन अध्यक्षको कदम पनि सोही राजनीतिक परिदृश्यसँग जोडिएको आकलन गरिएको छ।
श्रेष्ठको नियुक्ति नै विवादका विचमा भएको छ । श्रेष्ठलाई नेकपाको पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याउन नसकेपछि एमाले काँग्रेस नेतृत्वका सरकारले विचौलियाका रुपमा चिनिएका दिपक भट्टले धितोपत्र बोर्डमा नियक्त गर्न सफल भएका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया