शीर्षकहरू

एमएडब्लू हायर पर्चेजको रेटिङ उक्लियो

एमएडब्लू हायर पर्चेजको रेटिङ उक्लियो

काठमाडौं । एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेडको क्रेडिट रेटिङ उक्लिएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन रेटिङ LBB+ बाट LBBB- र अल्पकालीन रेटिङ A4+ बाट A3 मा स्तरोन्नति गरेको हो।

रेटिङ एजेन्सीका अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा सुधार, सम्पत्ति गुणस्तर सुदृढ हुनु र जोखिम व्यवस्थापन प्रभावकारी बन्नु मुख्य कारण हुन्। विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा कम्पनीले प्रविधिमा आधारित प्रणाली र बलियो असुली संयन्त्र अपनाएपछि खराब कर्जाको जोखिम घटेको उल्लेख गरिएको छ।

कम्पनीको नाफा स्थिर रहँदा सञ्चालन खर्च नियन्त्रणमा रहेको र करिब ९६ प्रतिशतको प्रावधान कभरेज कायम राखिएको छ। यसले सम्भावित नोक्सानी धान्ने क्षमता बलियो बनाएको मूल्याङ्कन गरिएको छ।

एमएडब्लू समूहसँगको आबद्धता पनि कम्पनीको प्रमुख बलका रूपमा रहेको छ। अटोमोबाइल क्षेत्रमा स्थापित उक्त समूहको नेटवर्क र साझेदारीले व्यवसाय विस्तारमा सहयोग पुगेको छ।

सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ। यसको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने मुख्य सञ्चालन काठमाडौंबाट हुँदै आएको छ।

प्रतिक्रिया