शीर्षकहरू

कस्तो चल्दैछ जीलीको एक्सचेन्ज कार्निभल ? (भिडिओ)

कस्तो चल्दैछ जीलीको एक्सचेन्ज कार्निभल ? (भिडिओ)

काठमाडौं । जीली ब्रान्डके नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बहुप्रतिक्षित “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” आयोजना गरेके छ । वैशाख ४ देखि गतेदेखि सञ्चालनमा रहेको उक्त उक्सचेन्ज क्याम्पबारे उकृष्ठ रेस्पोन्स पाएको कम्पनीले जनाएको छ । 

हरेक दिन ३० जना भन्दा बढी ग्राहकहरु उक्त क्याम्पमा भिजिट गर्ने गरेका छन् । हरेक दिन २० जना बढीले एक्सचेन्ज मेलामा गएर गाडी टेस्ट गर्ने गरेका छन् । हरेक दिन १५ जना ग्राहकले गाडी उक्सचेन्जका लागि उक्सचेन्ज मेलामा पुगेका हुन्छन् । ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जीली शोरुममा हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

यस कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो।

कम्पनीका अनुसार ग्राहकहरूले उत्कृष्ट बजार मूल्याङ्कनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् भने तुरुन्तै फाइनान्सिङ सुविधा तथा जीली इएक्स५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडेलहरूमा विशेष पहुँचसमेत प्राप्त गर्नेछन् । 

आकर्षक नगद छुटका साथै ग्राहकहरूले १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स) को व्यवस्था, र निःशुल्क चार्जर जस्ता थप लाभहरू पनि प्राप्त गर्नेछन्।

प्रतिक्रिया