काठमाडौं । पछिल्लो ९ महिनामा १ हजार २५४ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त सुन विभिन्न ४ देशबाट नेपाल भित्रिएको हो ।
जसमध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १ हजार २५३ केजी सुन नेपाल भित्रिएको छ । यसैगरी, भारतबाट १ केजी, कतार, साउदी र थाइल्याण्डबाट ७५, २५ र ३३ ग्राम सुन नेपाल भित्रिएको हो । विभागका अनुसार उक्त सुन नेपाल आयात हुँदा २३ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ भने २ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ ।
यस्तै, यस अवधिमा १ हजार ५४० केजी चाँदी आयात भएको छ । संयुक्त अरब इमिरेट्स, चीन, हङकङ, भारत र फ्रान्सबाट उक्त चाँदी नेपाल आयात भएको हो ।
आर्थिकन्यूज
प्रतिक्रिया