शीर्षकहरू

यूएईसँगको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले पराजित

यूएईसँगको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भएको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले यूएईसँग पराजित भएको छ।वर्षाका कारण खेल केही समय रोकिएपछि यूएईले डिएल मेथर्ड अनुसार १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो। यूएईले उक्त लक्ष्य ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए। अलीशान शराफूले १८ रनको योगदान दिए। त्यस्तै, बलिङमा नेपालका सन्दीप लामिछानेले ३ विकेट र कुशल मल्लले १ विकेट लिए।

नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी ३२ रनमा र सन्दीप लामिछाने २ रनमा अविजित रहे।  कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३,  रनमा आउट भए। मुहम्मद जुहेबले ३ विकेट, जुनैद सिद्दिकीले २ विकेट, साएद हैदर र मुहम्मद अरफानले एक–एक विकेट लिए।

प्रतिक्रिया