काठमाडौं । नेपालको २०औं वाणिज्य बैंकको रूपमा स्थापित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आज (२०८३ वैशाख ७ गते)बाट १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ। २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएको यस बैंकले १९ वर्ष पूरा गरेको उपलक्ष्यमा देशभर विभिन्न भव्य कार्यक्रमहरू आयोजना गरेको छ।
यी दुई दशकमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा बलियो उपस्थिति जनाएको छ । ग्राहक संख्या २० लाख ११ हजारभन्दा बढी रहेको बैंकले जनाएको छ । शाखा सञ्जाल ७ वटै प्रदेशमा २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित बैंकिङ सेवा पुगेको छ । निक्षेप तथा कर्जास् चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु २ खर्ब १६ अर्ब निक्षेप संकलन र रु १ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेको बैंकले जनाएको छ। अन्तर्राष्ट्रिय सम्मानस् लगातार दुई वर्ष ९२०२४ र २०२५० विश्वकै प्रतिष्ठित ुबैंक अफ द ईयरु अवार्डबाट सम्मानित भएको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवलाई केवल उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवामा पनि समर्पित गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यले सातै प्रदेशमा ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी आयोजनाका थिए । नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा २० शाखाहरुबाट ५५० जनाले रक्तदान गरेका थिए। कोशी प्रदेशदेखि सुदूरपश्चिमका ९ वटा ग्रामीण शाखाहरुमा स्वास्थ्य शिविर सञ्चालन, जहाँ ५०० बढीले निस्शुल्क स्वास्थ्य परीक्षण र औषधि प्राप्त गरेको बैंकले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया