शीर्षकहरू

रास्वपाले सांसदको लेबी घटायो, नयाँ दर १५ हजार रुपैयाँ कायम

रास्वपाले सांसदको लेबी घटायो, नयाँ दर १५ हजार रुपैयाँ कायम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको लेबी घटाउँदै नयाँ दर निर्धारण गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयको प्रस्ताव अनुमोदन गर्दै सांसदहरूको मासिक लेबी १५ हजार रुपैयाँ कायम गरेको हो, जुन यसअघि साढे १६ हजार रुपैयाँ थियो।

मन्त्रीहरूको लेबी भने यथावत १८ हजार रुपैयाँ नै राखिएको छ। त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रुपैयाँ लेबी कायम राखिएको छ। पार्टीका अनुसार, सांसदहरूले पनि स्वकीय सचिव राखेमा उनीहरूका लागि पनि २ हजार रुपैयाँ लेबी लाग्नेछ।

प्रतिक्रिया