काठमाडौं। प्रधानमन्त्री बालेन शाहले थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार प्रधानमन्त्रीले दान बहादुर कार्की र राजु अर्याल सहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर बागमती नदी किनारमा रहेका बस्ती खाली गराउने विषयमा छलफल गरेका हुन्।
छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार आगामी शनिबार र आइतबारभित्र बस्ती हटाउने तयारी गरिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग थप समन्वय भइरहेको जनाइएको छ।
यसअघि काठमाडौँ महानगरपालिका का मेयर हुँदा प्रधानमन्त्री शाहले शहरका विभिन्न सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए। तर, स्थानीय बासिन्दाको विरोधका कारण ती प्रयासहरू पूर्ण रूपमा कार्यान्वयन हुन सकेका थिएनन्।
सरकारले नदी किनार अतिक्रमण नियन्त्रण, सहरी व्यवस्थापन र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै उक्त कदम अघि बढाएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया