शीर्षकहरू

सीडीएससी प्रमुख पन्दाकविरुद्ध हेलो सरकारमा उजुरी, गैरकानुनी नियुक्ति र प्रभाव प्रयोगको आरोप

सीडीएससी प्रमुख पन्दाकविरुद्ध हेलो सरकारमा उजुरी, गैरकानुनी नियुक्ति र प्रभाव प्रयोगको आरोप

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख प्रविन पन्दाकविरुद्ध गैरकानुनी नियुक्ति, राजनीतिक पहुँचको दुरुपयोग तथा संस्थागत अनियमितता भएको आरोप लगाउँदै उजुरी परेको छ।

‘हेलो सरकार’ मार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको उजुरीमा पन्दकाले प्रतिस्पर्धात्मक प्रक्रिया बिना राजनीतिक पहुँच र प्रभाव प्रयोग गरी सीडीएससीको प्रमुख पद प्राप्त गरेको दाबी गरिएको छ। उजुरीकर्ताले उक्त नियुक्ति तत्कालीन राजनीतिक नेतृत्वसँगको सम्बन्धका आधारमा भएको आरोप लगाएका छन्।

उजुरीमा पन्दकाले नेप्से मातहतको नवौँ तहको कर्मचारी हुँदाहुँदै कानुन विपरीत एक वर्षभन्दा बढी समयदेखि सीडीएससीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको दाबी गरिएको छ। साथै, काज सम्बन्धी व्यवस्था विपरीत पदमा निरन्तरता पाएको आरोपसमेत लगाइएको छ।

उजुरीकर्ताका अनुसार पन्दकाले पदमा रहँदा व्यवसायीहरूलाई दबाब दिने, गैरजिम्मेवार अभिव्यक्ति दिने तथा पुँजीबजारमा अनावश्यक प्रभाव पार्ने कार्य गरेको आरोप छ। साथै, बजार संरचना र अन्तर्राष्ट्रिय अभ्यासविपरीतका निर्णयहरूले लगानीकर्तामा नकारात्मक असर पारेको दाबी गरिएको छ।

त्यसैगरी, सीडीएससी र सम्बन्धित नियामक निकायहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशनहरू समेत अवहेलना गरिएको आरोप उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा पन्दकाको राजनीतिक गतिविधिसँग सम्बन्धित सामाजिक सञ्जाल प्रयोग र पार्टीगत कार्यक्रमको प्रचारमा संलग्नता रहेको विषयलाई समेत उठाइएको छ।

वैशाख पहिलो साता दर्ता गरिएको उक्त उजुरीमा सात बुँदामा विभिन्न आरोप उल्लेख गरिएको छ। उजुरीकर्ताले पन्दाकलाई पदबाट हटाई छानबिन तथा कानुनी कारबाही गर्न माग गरेका छन्।

null

null

प्रतिक्रिया