काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । अर्थात् गत आवको सोही अवधिमा तुलनामा १३.२० प्रतिशत वृद्धि हो । गत आवको चैत मसान्तसम्म बीमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
पछिल्लो ९ महिनामा ठूला जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ४५ करोड र लघु जीवन बीमा कम्पनीहरूले ८ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जहाँ सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेशनल लाइफले १७ अर्ब ७ करोड र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले १५ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, हिमालयन लाइफले १३ अर्ब ३६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब २४ करोड र सिटिजन लाइफले ६ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
माइक्रोमा केष्ट अगाडि
३ लघु जीवन बीमा कम्पनीले ८ अर्ब ४५ करोड ६१ लख रुपैयाँ बीमा शुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफले ३० करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ । क्रेष्टलाई टक्कर दिँदै गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख र लिबर्टी माइक्रो लाइफले २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
प्रथम बीमा शुल्कमा भने गार्डियन अगाडि छ । गार्डियनले २८ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ भने क्रेष्टले २८ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । लिबर्टीले २० करोड ५१ लाख रुपैयाँ प्रथम शुल्क संकलन गरेको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया