शीर्षकहरू

दक्षिण कोरियामा कार बिक्री बन्द गर्ने होंडा मोटरको निर्णय

दक्षिण कोरियामा कार बिक्री बन्द गर्ने होंडा मोटरको निर्णय

काठमाडौं। जापानी अटो निर्माता  होंडा मोटरले सन् २०२६ को अन्त्यदेखि दक्षिण कोरियामा आफ्ना कारहरूको बिक्री बन्द गर्ने घोषणा गरेको छ। विद्युतीय सवारी (ईभी) रणनीतिमा आएको परिवर्तनपछि बढ्दो घाटाका कारण यस्तो निर्णय लिनुपरेको कम्पनीले जनाएको छ।

कम्पनीले सन् २००२ देखि दक्षिण कोरियामा मोटरसाइकल र २००४ देखि कार बिक्री गर्दै आएको थियो। सियोलस्थित सहायक कम्पनी ‘होंडा कोरिया’मार्फत सञ्चालन हुँदै आएको अटो व्यवसाय भने अब बन्द गरिनेछ।

तर, मोटरसाइकल व्यवसाय भने यथावत् रहने कम्पनीले स्पष्ट पारेको छ।

होंडाले पछिल्ला वर्षहरूमा विद्युतीय सवारीतर्फको रणनीति पुनःसमायोजन गरिरहेको छ। यस क्रममा केही अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति घटाउँदै लागत नियन्त्रणमा जोड दिइएको बताइएको छ।

दक्षिण कोरियामा कार बिक्री बन्द गर्ने निर्णयलाई कम्पनीको दीर्घकालीन रणनीतिक पुनर्संरचनाको हिस्साका रूपमा हेरिएको छ।

प्रतिक्रिया