शीर्षकहरू

सर्वोच्चद्वारा व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्चद्वारा व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएको २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो। अदालतले आधार र कारणसहित तोकिएको समयभित्र लिखित जवाफ पेस गर्न केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौँलाई निर्देशन दिएको छ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको रिट निवेदनमा आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न माग गरिएको छ।

आदेशमा रिट निवेदनको प्रतिलिपिसहित विपक्षीहरूका नाममा सूचना म्याद जारी गर्न भनिएको छ। म्यादभित्र लिखित जवाफ प्राप्त भए वा अवधि सकिएपछि, निवेदकको मागअनुसार म्याद थप गरी अनुसन्धान फाइलसमेत झिकाउन अदालतले निर्देशन दिएको छ।

प्रतिक्रिया