शीर्षकहरू

दुई दिनमा करिब ५२ अंकले घट्यो नेप्से

दुई दिनमा करिब ५२ अंकले घट्यो  नेप्से

काठमाडौँ । सेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । पछिल्ला दुई कारोबार दिनमा नेप्से परिसूचक करिब ५२ अंकले घटेको छ, जसले बजारमा निरन्तर दबाब कायम रहेको संकेत गरेको छ ।

मंगलबार २६.१६ अंकले घटेको नेप्से परिसूचक बुधबार २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ३.०६ अंक, फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंकले घटेका छन् ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार २६९ कम्पनीका १ करोड २१ लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ९५ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ । मंगलबार भने कारोबार ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो ।

null

कारोबारका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । पाल्पा सिमेन्टस्को पनि उल्लेख्य कारोबार भएको छ ।

उपसमूहगत रूपमा १३ मध्ये ३ उपसमूह मात्र सकारात्मक देखिएका छन् भने १० उपसमूह नकारात्मक रहेका छन् । व्यापार, विकास बैंक र म्युचुअल फण्ड उपसमूहमा सामान्य सुधार देखिए पनि उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, होटल र जलविद्युत उपसमूहमा गिरावट बढी रहेको छ ।

वाणिज्य बैंकहरूको वित्तीय विवरणअनुसार अधिकांश बैंकहरूको नाफा वृद्धि भएको देखिए पनि त्यसले सेयर बजारमा अपेक्षित उत्साह ल्याउन सकेको छैन । बैंकिङ क्षेत्रको सुधार र नाफा वृद्धिको खबरबीच पनि लगानीकर्ताको मनोबल कमजोर देखिएको छ ।

विश्लेषकहरूका अनुसार बैंकहरूको नाफा वृद्धि भए पनि लगानीकर्ताको मनोबल र बजारको समग्र अनिश्चितताका कारण सेयर बजारमा दबाब कायमै रहेको देखिन्छ ।

null

प्रतिक्रिया