शीर्षकहरू

राष्ट्र बैंकद्वारा अधिक तरलता व्यवस्थापन गर्न एकैदिन १ खर्ब २० अर्ब  खिच्दै

राष्ट्र बैंकद्वारा अधिक तरलता व्यवस्थापन गर्न एकैदिन १ खर्ब २० अर्ब  खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले ९७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट प्रशोचन गर्न लागेको हो। यसका लागि आज दिउँसो बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्। बोलकबोलमा बहुब्याजदरमा समेत आवेदन दिन सकिने व्यवस्था छ।

बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिँदै क्रमशः कुल आह्वान रकम १ खर्ब २० अर्ब रुपैयाँसम्म बाँडफाँट गरिनेछ।

यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ साउन २० गते गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया