शीर्षकहरू

हिमालयन डिस्टिलरीको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३०.७८ रुपैयाँ

हिमालयन डिस्टिलरीको नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ३०.७८ रुपैयाँ

काठमाडौं। हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत आवको चैत मसान्तसम्म कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३५ करोड ८३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। उत्पादन लागत घट्दा नाफामा सुधार आएको कम्पनीले जनाएको छ।

त्यस्तै, कम्पनीको खुद बिक्री आम्दानी पनि बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.९९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७८ करोड रुपैयाँ थियो। यद्यपि अन्य सञ्चालन आम्दानी भने ५ करोड ४० लाखबाट घटेर ४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ९८ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ८८ करोड ७६ लाखबाट बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ कायम रहँदा पीई अनुपात ३७.९५ गुणा र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ।

प्रतिक्रिया