शीर्षकहरू

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग गरे छलफल

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग गरे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एशोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका छन्।

नयाँ पुस्ताको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन्। 

यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघले उद्यम व्यवसाय निर्बाधरूपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरिसकेको छ।

व्यवसायीहरूसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग परिंघका अध्यक्ष विरेन्द्र पाण्डे सहभागि थिए । त्यस्तै उद्योग परिसंघका पूर्वअध्यक्ष सतिस मोर, चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्रा, व्यवसायो प्रवलजंग पाण्डे लगायतका व्यवसायीहरु रहेका थिए ।

यस्तै, छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्याकारी अधिकृत सन्तोष कोइराला, बैंकर्स संघका उपाध्यक्ष समेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठ, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्याय लगाय उपस्थित थिए ।

 

null

 

प्रतिक्रिया