काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार बीमा प्रस्तावकलाई आवश्यक मेडिकल परीक्षण छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ भने कम्पनीका कर्मचारीलाई पनि विशेष छुटसहित उपचार सेवा प्राप्त हुनेछ ।
लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकका लागि आवश्यक मेडिकल जाँच सहुलियत दरमा र छिटो सेवा प्रवाहका साथ उपलब्ध गराइनेछ । त्यस्तै कम्पनीका कर्मचारीलाई उपचार सेवामा १० प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।
दुवै संस्थाले यस सहकार्यले सेवा गुणस्तर सुधार गर्दै सरोकारवाला वर्गलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
आर्थिकन्यूज
प्रतिक्रिया