शीर्षकहरू

एनआईसी एशिया बैंक र एभरेष्ट हस्पिटलबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र एभरेष्ट हस्पिटलबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने समझदारी भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

समझदारीपत्रमा बैंकका चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र हस्पिटलका प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार डाक्टर परामर्श, आउटसोर्स सेवा र एम्बुलेन्स शुल्कबाहेकका सेवामा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ । साथै शल्यक्रियामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यो सुविधा लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवामा राहत दिनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया