काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यापार उल्लेखनीय रूपमा बढ्दै ३७ अर्ब रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा १४ ठूला र ४ लघु निर्जीवन बीमकले कुल ३७ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
चैत मसान्तसम्मको तथ्यांकअनुसार ठूला निर्जीवन बीमकहरूले मात्रै ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशतले बढी हो। यस अवधिमा २२ लाखभन्दा बढी बीमालेख जारी भएका छन्।
निर्जीवन बीमाको व्यापार साढे ३७ अर्ब, कुन कम्पनीको कति?
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले व्यापार गरेको छ । शिखरले ४ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोडको व्यापार गरेको छ ।
यस्तै, हिमालयन एभरेष्टले ३ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १२ करोड, आइजीआई प्रुडेन्सियलले ३ अर्ब १० करोड, एनएलजी इन्स्योेरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँको व्यापार गरेको छ ।
त्यसैगरी, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
व्यापार बढ्यो
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २२ लाख ९ हजार ९८६ वटा बीमालेख जारी गरेर ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म कम्पनीहरुले २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरेर ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.८६ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको चैतमा १४ वटै बीमकको व्यापार बढेको छ। चैतसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याउँदा भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।
चालु आर्थिक वर्षको चैतसम्म शिखर इन्स्योरेन्सले ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। चालु वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
बीमालेखमा युनाइटेड अजोड अगाडि
यस अवधिमा युनाइडेट अजोडले ३ लाख ५३ हजार ७३८ वटा बीमालेख जारी गरेको छ । बीमालेखका आधारमा दोस्रो नम्बरमा हिमालयन एभरेष्ट रहेको छ । जसले २ लाख ४९ हजार ८६७ वटा बीमालेख बिक्री गरेको छ।
शिखरले २ लाख ३८ हजार, नेकोले २ लाख २५ हजार, सिद्धार्थ प्रिमियरले २ लाख ५ हजार र सलिकोले २ लाख १ हजार बढी बीमालेख बिक्री गरेको छ।
माइक्रोमा प्रोटेक्टीभ अगाडि
लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म ९८ करोड ६९ लाख रुपैयाँबराबरको व्यापार भित्र्याएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ७४ हजार ६६३ वटा बीमालेख जारी गर्दै ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका हुन्।
लघु निर्जीवन बीमकमध्ये यो ९ महिनामा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख ८ हजार २६७ वटा बीमालेख जारी गर्दै २७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चैतसम्म ९२ हजार ४४ वटा बीमालेख बिक्री गर्दै २४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ वटा बीमालेख बिक्री गर्दै २३ करोड रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख जारी गर्दै २२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

आर्थिकन्यूज
प्रतिक्रिया