शीर्षकहरू

दुई कम्पनीको बोनस सूचीकृत, हितग्राही खातामा आएपछि कारोबार

दुई कम्पनीको बोनस सूचीकृत, हितग्राही खातामा आएपछि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन् । सूचीकृत हुनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

ग्लोबल आईएमई लघुवित्तको ४.७५ प्रतिशतका दरले वितरण गरिएको २ लाख ९३ हजार ९७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशतका दरले वितरण गरिएको ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार यी बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया