काठमाडौँ। एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ बाँडफाँड हिमालयन क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत सम्पन्न गरिएको हो।
बाँडफाँडअनुसार कुल २७ लाख ७१ हजार १८ जनाले आवेदन दिएका मध्ये २७ लाख २७ हजार ११७ आवेदन योग्य ठहरिएका छन् भने ४३ हजार ९०१ आवेदन रद्द भएका छन्। योग्य आवेदकमध्ये गोलाप्रथाबाट ७८ हजार २० जनाले १०-१० कित्ता शेयर प्राप्त गरेका छन्।
मागभन्दा अत्यधिक आवेदन परेपछि २६ लाख ४९ हजार ९७ आवेदकको हात रित्तो भएको छ।
कम्पनीले चैत २६ देखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङको वेबसाइट, बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा मेरो शेयर एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया