काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार २०८३-०१-१४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ ।
हाल बजारमा १० केजीभन्दा कम तौलमा बिक्री भइरहेका बेकरी सर्टनिङहरू भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता (रिकल) गर्नुपर्नेछ । साथै, सो सम्बन्धी जानकारी सम्बन्धित क्षेत्रको विभागीय कार्यालयमा अनिवार्य रूपमा दिनुपर्ने पनि सूचनामा उल्लेख छ ।
विभागले यो निर्देशन उल्लंघन गर्ने उद्योगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले यस्तो व्यवस्था खाद्य गुणस्तर कायम राख्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै लागू गरिएको जनाएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया