काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर प्रस्तुत गर्ने भएको छ।
कम्पनी वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने छ। फोटोन नेपालले ईभी भ्यान, TM1 तथा पिकअप सेग्मेन्टका सवारी साधनमा इभेन्ट-विशेष अफर ल्याउँदै शोमा प्रमुख आकर्षण बन्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार फोटोन हाइ रूफ ईभी भ्यान (CADA मूल्य रु. ५३ लाख ४९ हजार) र लो रूफ ईभी भ्यान (रु. ४८ लाख ४९ हजार) मा फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन्। सोकोन ईभी भ्यान (रु. ३९ लाख ९९ हजार) मा पनि समान सुविधा रहनेछ भने अन्तिम नगद छुट कार्यक्रममै घोषणा गरिनेछ।
त्यस्तै फोटोन TM1 (रु. २८ लाख ४९ हजार) मा आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछन्। फोटोन पिकअपमा भने पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदर सुविधा सहित व्यवसायी र उद्यमीलाई लक्षित आकर्षक अफर दिइने कम्पनीले जनाएको छ।
फोटोन नेपालले आफ्नो देशव्यापी सर्भिस नेटवर्कलाई पनि प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्नेछ। कम्पनीका अनुसार १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन, १४ भन्दा बढी सर्भिस आउटलेट, जेन्युइन स्पेयर पार्ट्स उपलब्धता र लचिलो फाइनान्सिङ सुविधाले ग्राहकलाई सहज स्वामित्व अनुभव दिनेछ।
एमएडब्लू वृद्धिका अनुसार फोटोन नेपाल चीनको नम्बर १ कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै नेपालमा आधुनिक र दिगो मोबिलिटी समाधान विस्तार गर्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया