शीर्षकहरू

सहकारीसम्बन्धी अध्यादेश जारी

सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो। यससँगै संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अन्य अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष पठाइएको बताइएको छ।
 

प्रतिक्रिया