शीर्षकहरू

विश्वबजारमा जिली गाडिको व्यापार १२१ प्रतिशतले बढ्यो

विश्वबजारमा जिली गाडिको व्यापार १२१ प्रतिशतले बढ्यो

काठमाडाैँ । जीली अटोमोबाइल्स होल्डिङ्सले सन् २०२६ को सुरुवातमा वैदेशिक बजारमा उल्लेख्य सफलताका हात पारेको छ। कम्पनीका अनुसार २०२६  जनुवरी महिनामै चीन बाहिरको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

सन् २०२५ मा ३० लाख २० हजारभन्दा बढी गाडी बिक्री गरी कीर्तिमान कायम गरेको यस चिनियाँ अटोमोबाइल कम्पनीले अहिले दक्षिण-पूर्वी एसिया, मध्यपूर्व र ल्याटिन अमेरिकामा सबैभन्दा तीव्र वृद्धि गरिरहेको छ।

विश्वव्यापी विस्तार र वृद्धिका नयाँ क्षेत्रहरू

घरेलु बजार चीन जीलीको सबैभन्दा ठूलो बजार रहे पनि हाल विश्वका विभिन्न देशमा कम्पनीको व्यवसाय तिब्ररूपमा विस्तार भइरहेको छ। सन् २०२६ को जनवरी महिनामा मात्रै कम्पनीले विश्व बजारमा ६० हजार ५ सय ६ युनिट गाडि निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२१ प्रतिशतले बढी हो ।

स्थानीय उत्पादन र बजारीकरण रणनीतिका कारण विभिन्न क्षेत्रमा कम्पनीको उपस्थिति बलियो बन्दै गएको छ। दक्षिण-पूर्वी एसियामा इन्डोनेसिया जस्ता देशहरूमा जीली ईएक्स२ (EX2) को लन्चसँगै स्थानीय उत्पादनले उच्च माग धानिरहेको छ।

ल्याटिन अमेरिका पनि जीलीको विस्तारको मुख्य केन्द्र बनेको छ। सन् २०२६ मा चिली, मेक्सिको, ब्राजिल र पेरुमा आक्रामक बजार विस्तार गर्ने कम्पनीको योजना छ। ब्राजिलमा जीलीका उच्च प्रविधियुक्त 'न्यू इनर्जी भेइकल्स'को लोकप्रियता चुलिएको छ, जहाँ ईएक्स२ (EX2) ले आफ्नो विधामा 'ट्रेन्ड कार अवार्ड' समेत जितेको छ। यसैगरी, मध्यपूर्व र मध्य एसियाका कजाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देशहरूमा जीलीका हाइब्रिड र इन्धन गाडीहरूको माग उच्च छ, जसले गर्दा यी क्षेत्रमा जीली एक प्रमुख वैदेशिक ब्रान्डको रूपमा स्थापित भएको छ।

भ्यालु वार र कार्यक्षमता रणनीति

चीनको आन्तरिक बजारमा मूल्यमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला जीलीले भने अन्तर्राष्ट्रिय बजारमा 'भ्यालु वार' अर्थात् गुणस्तर र प्रविधिमा आधारित प्रतिस्पर्धालाई प्राथमिकता दिएको छ। सस्तो विकल्पको रूपमा नभई प्रविधिमा अग्रणी ब्रान्डका रूपमा आफूलाई उभ्याउन कम्पनीले प्रिमियम इलेक्ट्रिक ब्रान्ड 'जिकर' र उच्च कार्यक्षमता भएको 'लिंक एण्ड को' जस्ता ब्रान्डहरू निर्यात गरिरहेको छ।

कम्पनीका प्रतिनिधिले सन् २०२५ को वार्षिक प्रतिवेदन ब्रिफिङका क्रममा 'मेड इन चाइना' बाट 'ग्लोबल ब्रान्ड' बन्ने लक्ष्य रहेको उल्लेख गरेका छन् । सामान्य व्यापारबाट माथि उठेर स्थानीयकरणमा केन्द्रित हुने बताएका थिए।

सन् २०२६ को लक्ष्य र भविष्यको मार्ग

अन्तर्राष्ट्रिय सफलताको यही लहरलाई कायम राख्दै जीलीले सन् २०२६ को लागि ३४ लाख ५० हजार गाडी बिक्री गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यस कुल लक्ष्यमध्ये ६ लाख ४० हजार युनिट निर्यातबाट मात्रै प्राप्त हुने अपेक्षा गरिएको छ। 'वान जीली' रणनीति र नयाँ ८०० भोल्टको उच्च भोल्टेज ईभी प्रविधिको सफल कार्यान्वयनसँगै कम्पनीले विश्वकै तीव्र गतिमा बढिरहेको अटोमोबाइल समूहका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्य लिएको छ।

null

प्रतिक्रिया