काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो।
समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार समितिले सेबोन अध्यक्षका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ।
सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हालै राजीनामा दिएपछि रिक्त पद पूर्तिका लागि प्रक्रिया अघि बढाइएको हो। सिफारिस समिति गठनसँगै धितोपत्र बजार नियमन निकायमा नयाँ नेतृत्व चयनको बाटो खुलेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया