काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सोमबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।
कम्पनीले चैत २२ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त आईपीओमा २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द गरिएको थियो।
मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) प्रणालीमार्फत बाँडफाँट गरिएको कम्पनीले जनाएको छ। जसअनुसार ६८ हजार ४७५ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक शेयरविहीन भएका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया