ललितपुर । नेपाल धितोपत्र बोर्ड (SEBON) का कार्यकारी निर्देशक डा. नवराज अधिकारी अनिवार्य अवकाश भएका छन । ५८ वर्षको उमेर हदका कारण उनले बोर्डको सेवाबाट बिहीबार औपचारिक रूपमा अवकाश लिएका हुन ।
उनको सम्मानमा बिहीबार ललितपुरस्थित बोर्डको केन्द्रीय कार्यालयमा एक विशेष बिदाइ कार्यक्रम आयोजना गरेकाे थियाे । सो अवसरमा बोर्डका सम्पूर्ण कर्मचारीहरूले डा. अधिकारीले पुर्याएकाे लामो र विशिष्ट सेवाको प्रशंसा गर्दै सम्मान व्यक्त गरेका थिए ।
डा. अधिकारी वि.सं. २०५६ सालमा नेपाल धितोपत्र बोर्डको सेवामा प्रवेश गरेका थिए । झण्डै २७ वर्षको कार्यअवधिमा उनले बोर्डको नीति निर्माण, बजार सुपरीवेक्षण र संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका रहेकाे छ । बौद्धिक र कुशल प्रशासकको छवि बनाएका अधिकारी बोर्डका विभिन्न महाशाखाहरूमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया