काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ४२.३० लाख कित्ता शेयर निष्काशन अनुमति पाएकोमा प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र म्युचुअल फन्डलाई छुट्याइसकेपछि बाँकी सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा बैशाख २३ र ढिलोमा जेठ ६ सम्म आवेदन दिन सकिनेछ। ८ मेगावाटको आयोजनाको कुल लागत करिब १.८८ अर्ब रुपैयाँ रहेको छ। कम्पनीलाई CARE-NP BB+ रेटिङ प्राप्त छ, जसले औसत जोखिम देखाउँछ। आईपीओ बिक्री प्रबन्धक Prabhu Capital Limited रहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया