शीर्षकहरू

सानिमा जिआईसीको एजीएम जेठ ६ गते, यस्ता छन् एजेन्डा

सानिमा जिआईसीको एजीएम जेठ ६ गते, यस्ता छन् एजेन्डा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जेठ ६ गतेका लागि सभा आह्वान गरेको हो । नेपाल पुलिस क्लब काठमाडौंमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पेश हुनेछ । 

यस्तै, सभामा सातौँ वार्षिक साधारणसभाबाट पारित चुक्ता पुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पेश हुनेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २३ गते बुक क्लोज मिति तय गरेको छ । अर्थात् वैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउन पाउँछन् ।

प्रतिक्रिया