काठमाडौं । वाइ वाइ उत्पादनको चार दशक पूरा भएको अवसरमा सीजी फुड्स नेपालले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले “उही स्वाद, उही याद” भन्ने नारासहित वाइवाइ क्लासिकलाई सार्वजनिक गरेको हो ।
७५ ग्रामको वाइवाइ क्लासिक प्याकेटको मूल्य रु. ३० निर्धारण गरिएको छ। वाइवाइको मौलिक स्वादलाई जोगाउँदै वाइ वाइ क्लासिकलाई अझ परिस्कृत रूपमा उपभोक्ता माझ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । साथै, यसमा डिहाइड्रेटेड भेजीटेबल र चिली फ्लेक्स समावेश गरिएकोले स्वादलाई अझ सन्तुलित बनाएको कम्पनीको दावी छ ।
वाइ वाइ नेपाली उपभोक्ताको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको ब्रान्ड हो । विद्यालयको टिफिनदेखि रातिको खाजासम्म, होस्टेलदेखि घरको भान्सासम्म यो हरेक पुस्तासँग जोडिएको छ ।
सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली घर–परिवारको विशेष हिस्सा रहँदै आएको उल्लेख गर्दै वाइ वाइ क्लासिकमार्फत नेपाली उपभोक्ताको पुरानो अनुभव र भावनासँग पुनः जोडिन खोजिएको बताए।
कम्पनीले वाइ वाइ क्लासिकमार्फत उपभोक्ताहरूको वाइ वाइसँगको पुराना रमाइला पलहरू तथा सम्झनालाई पुनः जीवन्त बनाउने विश्वास व्यक्त गरेको छ ।
नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वाइवाइ अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा सहित अत्यधिक रुचाइएको नेपाली चाउचाउ हो । हरेक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गर्दै आएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया