शीर्षकहरू

ब्रोकरलाई नेप्सेको निर्देशन : खरिद आदेशको २५ प्रतिशत पहिल्यै लिनु

ब्रोकरलाई नेप्सेको निर्देशन : खरिद आदेशको २५ प्रतिशत पहिल्यै लिनु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारमा अनियमितता रोक्न खरिद आदेश प्रविष्टिमा कडाइ गर्ने निर्णय गरेको छ। नेप्सेले जारी गरेको निर्देशनअनुसार कारोबार सदस्यहरूले लगानीकर्ताको वास्तविक Collateral Limit भन्दा बढी रकमको खरिद आदेश प्रणालीमा प्रविष्ट गर्न नपाइने व्यवस्था लागू गरिएको छ।

पछिल्लो समय केही सदस्यहरूले वास्तविक क्षमताभन्दा बढी आदेश प्रविष्ट गरी बजारमा कृत्रिम माग सिर्जना गर्ने गतिविधि बढेको देखिएपछि नेप्सेले यस्तो कदम चालेकाे हाे । नेप्सेका अनुसार, धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ विपरीत हुने कुनै पनि कार्यमा संलग्न पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।

खरिद आदेश प्रविष्ट गर्दा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अग्रिम रूपमा ग्राहकबाट लिनुपर्ने, लगानीकर्ताको Collateral Limit भन्दा बढी खरिद वा बिक्री आदेश प्रविष्ट गर्ने सुविधा उपलब्ध गराउन नपाइने व्यवस्था रहेकाले त्यसकाे पालना गर्न ब्राेकर कम्पनीहरूलाई नेप्सेले निर्देशन दिएकाे हाे ।

यसअघि केही कारोबार सदस्यहरूले उच्च माग देखाएर बजार प्रभावित पार्ने प्रयास गरेको गुनासो आएपछि नेप्सेले निगरानी बढाउँदै यस्तो निर्देशन जारी गरेको जनाएको छ।

null

प्रतिक्रिया