काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार बिहान ९ बजे बाँडफाँट गरिएको हो।
कम्पनीले बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको थियो। कुल २७ लाख ६८ हजार ७ सय ४३ जनाले आवेदन दिएकोमा २७ लाख ३० हजार ९ सय ८७ आवेदन योग्य ठहरिएका थिए।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो। जसअनुसार ३ लाख ४७ हजार ४ सय ९० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरू खाली हात भएका छन्।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। सूचीकरणपछि सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी बन्नेछ।
आर्थिकन्यूज
प्रतिक्रिया