शीर्षकहरू

दोर्दी खोलालाई ६० करोड ८२ लाखको हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

दोर्दी खोलालाई ६० करोड ८२ लाखको हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।

कम्पनीको २०८२ पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले १ः०.५५६२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार आयोगले २०८३ वैशाख १५ गतेको पत्रमार्फत हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँको आधारमा १ः०.२८८ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो।

स्वीकृत अनुसार कम्पनीले ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँ ६३ पैसाबराबरको हकप्रद सेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया