काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।
हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ४१ हजार २०० कित्ता सेयरमध्ये ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४८० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री गर्न लागेको हो।
यस सम्बन्धमा हस्पिटलले वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सम्पन्न गरिसकेको छ।
संस्थागत लगानीकर्ताले बुक बिल्डिङ्ग निर्देशिका अनुसार गोप्य शिलबन्दी आशयपत्र बुझाउनुपर्नेछ। आशयपत्र बुझाउने अन्तिम मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेसम्म तोकिएको छ भने आशयपत्र खोलिने मिति २०८३ वैशाख २२ गते साँझ ५ बजे नेप्सेको कार्यालयमा तय गरिएको छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
बुक बिल्डिङ्ग प्रक्रियाबाट मूल्य निर्धारण हुने भएकाले संस्थागत लगानीकर्ताबाट प्राप्त आशयपत्रका आधारमा सेयरको ‘कटअफ’ मूल्य तय हुनेछ, जसपछि सर्वसाधारणका लागि समेत सेयर निष्काशनको बाटो खुल्नेछ।
आर्थिकन्यूज
प्रतिक्रिया