शीर्षकहरू

अमेरिका–ईरान वार्ता अघि तनाव चुलियो, नाकाबन्दी तोडेको भन्दै इरानी जहाजमाथि गोलाबारी

अमेरिका–ईरान वार्ता अघि तनाव चुलियो, नाकाबन्दी तोडेको भन्दै इरानी जहाजमाथि गोलाबारी

एजेन्सी । इस्लामाबादमा हुन लागेको अमेरिका–ईरान दोस्रो चरणको वार्ता सुरु हुनु अघि नै परिस्थिति फेरि तनावपूर्ण बनेको छ। अमेरिकाले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी तोड्ने प्रयास गरेको आरोप लगाउँदै ‘तौस्का’ नामक ईरानी जहाजमाथि आक्रमण गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त जहाजलाई अमेरिकी नौसैनिकहरूले कब्जा गरेको घोषणा गरेका छन्। ट्रम्पका अनुसार, जहाजले अवैध गतिविधि गरेको इतिहास रहेको र यसअघि नै अमेरिकी ट्रेजरी विभागले प्रतिबन्ध लगाएको थियो।

ईरानको शीर्ष संयुक्त सैन्य कमान खातम अल–अंबियाले अमेरिकामाथि सीजफायर उल्लंघन गरेको आरोप लगाउँदै जवाबी कारबाही गर्ने चेतावनी दिएको छ। ईरानी सरकारी मिडियाले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भनेको छस् “अमेरिकी सेनाको सशस्त्र डकैतीको जवाफ चाँडै दिइनेछ।”

इजरायल–लेबनान युद्धविरामपछि ईरानले केही समयका लागि होर्मुज जलडमरूमध्य खोलिएको थियो। तर अमेरिकाले नाकाबन्दी कायम राखेपछि ईरानले पुनः बन्द गरिदिएको छ।

ईरानी रिवोल्युशनरी गार्ड्सले चेतावनी दिँदै भनेका छन्स् “अनुमति बिना होर्मुज पार गर्ने प्रयासलाई दुश्मनसँग सहयोग मानिनेछ।”

पहिलो चरणको वार्ता निष्कर्षविहीन रहँदा दोस्रो चरणको तयारी भइरहेका बेला यो घटना भएको हो। यसले इस्लामाबादमा हुने वार्तालाई थप जटिल बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया