काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार उक्त उपकरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन पाउनेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (बिडिङ) हुने व्यवस्था गरिएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदर प्रणालीमा पनि प्रस्ताव गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यस प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी यही वैशाख ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया