शीर्षकहरू

पृथ्वी राजमार्गमा बस दुर्घटना, ३१ जना घाइते

पृथ्वी राजमार्गमा बस दुर्घटना, ३१ जना घाइते

दमौली (तनहुँ)। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।

घाइते सबैलाई तत्कालै बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका लागि लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया