वैशाख । शेखर गोल्छालाई पक्राउ गरिएको विषयमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार गाेल्छालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । उक्त घटनाको नाइमाले विरोध जनाएको हो ।
गोल्छा हाल नाइमाका बोर्ड सदस्य समेत हुन् । नाइमाले यसरी पक्राउ गर्नु पूर्व सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्ने जनाएको छ । गाेल्छालाई पक्राउ गर्ने सरकारको प्रक्रिायामा नै त्रुटी भएको नाइमाको भनाई छ । जसले प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पु¥याउँछ ।
'उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्य सर्वविदित छ। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ ।’ नाइमाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती अनुसार नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो । कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा नाइमा अडिग रहेको जनाइएको छ ।
'पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमा विनम्रता पूर्वक अनुरोध गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया