काठमाडौं । काठमाडौँको साँखुमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा तीन जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा अवस्था नियन्त्रणबाहिर जान थालेपछि गोली चलाइएको हो।
प्रहरीका अनुसार घटनाका क्रममा एक जना घाइते भएका छन्। पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोलसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया