शीर्षकहरू

लक्ष्मी सनराइज क्यापिटलले ‘एलएस होराइजन १२’ निष्काशन गर्ने

लक्ष्मी सनराइज क्यापिटलले ‘एलएस होराइजन १२’ निष्काशन गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलले आगामी वैशाख ३० गतेदेखि सामूहिक लगानी कोष ‘एलएस होराइजन १२’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो, जसको कुल आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहनेछ।

लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी (क्लोज–एन्डेड) प्रकृतिको रहनेछ। कुल १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेडका लागि सुरक्षित गरिनेछ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाईमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ भने सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १३ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ।

फण्डको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा सुविधा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले योजनालाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया